लघुकथा : सम्बोधन

ईश्वर पोखरेल
८ पुष २०८२ १४:२३
84
Shares

केटाकेटी हिजो बेलुका पनि भोकै सुते। के सुत्नु! रातभरि ठुसठुस गरी रहे। अहिले बिहान पनि पकाउने कुरा केही थिएन। मैले केटाकेटीसँग बस्ने जिम्मा लिएँ। र, रामचन्द्रलाई ‘केही उपाय गर’ भनेर पठाएको, के उपाय गरोस्!

छक्काल भएपछि रामचन्द्र उसै आयो; साथमा अर्को एकजना साथी!

लाचार थियो- रामचन्द्रको मुखमण्डल।

केटाकेटीले भोकले उठ्न-बस्न दिएका थिएनन्। हामी आफै पनि भोकले सिथिल भएका थियौं।

रामचन्द्रले साथीतिर औंल्याएर भन्यो- “यी भाषण गर्न सिपालु छन्, बिरोधीलाई ठहरै पार्छन्। टुक्का गाँस्न/जोक फुर्माउन पनि औधि जान्दछन्; खुब हँसाउँछन्!”

मैले साथीतिर गहिरो किसिमले हेरें। टेलिभिजनमा बाक्लै देखिएका धेरैवटा परिचित अनुहारको समिश्रण! कस्तो अनौठो!

केटाकेटीहरू अहिले पनि भोकै छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *