राष्ट्रपतिसँग छलफलका लागि शीलत निवास पुगे देउवा र ओली

डिसी नेपाल
८ पुष २०८२ १६:१२
424
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन्।

राष्ट्रपतिले छलफलका लागि बोलाएपछि केही समय अगाडि ओली र देउवा शितल निवासमा पुगेको ओलीको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलको रोहबरमा आज उनीहरूबीच छलफल हुन लागेको हो। राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस सभापति देउवा, नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएका थिए। छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी हुने बताइएको छ।

संसद् विघटन भएपछि पहिलो पटक उनीहरूसँग संयुक्तरुपमा छलफल हुन लागेको हो। एमाले र कांग्रेस संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिइसकेका छन्। दुई शीर्ष दलले प्रमुख सचेतकमार्फत रिट दायर गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.