जेन–जी आन्दोलनमा दमनको आरोप लागेका तीन जनालाई काठमाडौं छाड्न लगाइएको प्रतिबन्ध फुकुवा

डिसी नेपाल
८ पुष २०८२ १६:१८
792
Shares

काठमाडौं । जेन–जी आन्दोलनमा दमन गरेको आरोप लागेका तीन जनालाई विदेश भ्रमणमा जान लगाइएको रोक र अनुमति बिना काठमाडौं छाड्न लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ ।

तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र तत्कालीन काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको प्रतिशन्ध फुकुवा गरिएको हो ।

भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले उनीहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो । आयोगकै सिफारिसमा गृह मन्त्रालयले उनीहरुलाई प्रतिबन्ध लगाएको थियो ।

आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्राचार गर्दै आयोगको सोमबार बसेको बैठकले उल्लिखित ३ जनालाई प्रतिबन्ध लगाउनुको उद्देश्य पूरा भइसकेकोले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको बताएको छ ।

आयोगले अनुसन्धानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत यस्तै प्रतिबन्ध लगाएकोमा उनीहरुमाथिको प्रतिबन्ध कायमै छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसँग बयान लिन बाँकी नै छ । आयोगले मंगलबार पत्राचार गर्दै तत्कालीन गृहमन्त्रीलाई बयान दिनका लागि आयोगमा उपस्थित हुन भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.