एक जना मानिसले एक वर्षमा डेढ लाखभन्दा धेरैको कण्डम किनेपछि…
काठमाडौं । अनलाइन किनमेल प्लेटफर्महरूले मानिसहरूको बानी र अनौढा सोखहरूलाई पनि खुलासा गरिदिएका छन् । स्विगी इन्स्टामार्टको २०२५ वर्षको अन्त्यको रिपोर्टले केही आश्चर्यजनक तथ्याङ्कहरू प्रकट गर्दछ ।
स्विगी इन्स्टामार्टको २०२५ को रिपोर्ट अनुसार, यस वर्ष मानिसहरूले दैनिक आवश्यक पर्ने दूध र तरकारीदेखि सुन र आईफोन जस्ता महँगा वस्तुहरू अनलाइन अर्डर गरे। यस वर्ष चेन्नईका एक ग्राहक सबैभन्दा बढी चर्चामा रहे । उनले कन्डममा मात्र १ लाख भारूभन्दा बढी खर्च गरे। यी ग्राहकले वर्षभरि २२८ अर्डर गरे जसबाट कुल बिल १०६,३९८ पुगेको छ।
रिपोर्टले देखाउँछ – इन्स्टामार्टमा कन्डम धेरै लोकप्रिय उत्पादन बनेको छ। प्रत्येक १२७ अर्डरहरूमा एउटा कण्डमको अर्डर समावेश थियो। विशेष गरी, सेप्टेम्बर महिनामा बिक्री २४% ले बढ्यो।







डिसी नेपाल








Facebook Comment