उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच तीन बुँदे सम्झौता
काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा सहभागी हुन तीन बुँदे सम्झौता भएको छ।
बुधबार एक कार्यक्रमकाबीच चुनावी एकतासम्बन्धी सम्झौतापत्रमा सर्वोदय पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा घोषणापत्र बनाउने र विवाद समाधानका लागि संयुक्त संयन्त्र बनाउने तीन बुँदे सम्झौता भएको हो।
उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहबीच बुधबार भएको सहमतिअनुसार चुनावमा उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीताको आधारमा अन्तिम टुंगो लगाइने उल्लेख छ।
कुन कुन बुँदामा भयो सम्झौता ?
१. २०८२ फाल्गुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा उज्यालो नेपाल पार्टीको दर्ता, संगठन संरचना र ’बलेको चिम’ चुनाव चिन्ह प्रयोग गरी दुवै पार्टी संयुक्त रूपमा सहभागी हुने र उमेदवारी दिने। सोको अन्तिम मनोनयन मनोनयनकर्ताको जनप्रभावकारिता, इमानदारीताको आधारमा टुंगो लगाउने।
२. प्रचार–प्रसार, जनसम्पर्क, स्रोत–साधन तथा स्वयंसेवक परिचालन लगायत चुनावी घोषणापत्र संयुक्त रुपमै तयार गर्ने। घोषणापत्रमा सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम केन्द्रित विकास, संविधान संशोधन, राज्यको पुनर्संरचना, नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्याय, संघीयता, समावेशीता जस्ता विषयलाई केन्द्रमा राखेर अघि बढ्ने।
३. कुनै विवाद उत्पन्न भएमा दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले समाधान गर्ने तथा प्रगतिशिल वैकल्पिक शक्तिहरुको बीचमा समेत एकता ध्रुवीकरणको बाटो खुला राख्ने।
No ads found for this position



डिसी नेपाल
Facebook Comment