प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभामा बन्द सूचीमा रहेका र नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।
उनले भने, ‘प्रदेशसभामा बन्द सूचीमा रहेका साथिहरु त्यो बन्दसूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहनुहुन्थ्यो। १९ जना त्यस्तो सूची हटाउन चाहने साथिहरुको त्यहाँ पढियो र त्यसलाई पास गरियो र निर्वाचन आयोगलाई जानकारी दिने कुरा भयो।’ बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्नेगरी सकिएको उनले बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment