प्रतिनिधिसभा निर्वाचनः सुनसरी-४ बाट पाँच जनाको नाम सिफारिस

डिसी नेपाल
१० पुष २०८२ ७:२१
60
Shares

सुनसरी। नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ।

आज बसेको क्षेत्रीय कमिटी बैठकले दाहालसँगै महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वालको नाम सिफारिस गरेको हो।

यस्तै, समानुपातिकतर्फ योगेन्द्रप्रसाद मण्डल (पप्पु), धर्मलाल उराँव, दिलमहमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरेको नेकपा केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिए।

उनका अनुसार बिहीबार जिल्लाका बाँकी तीन वटा निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुङ्ग्याइ केन्द्रमा सिफारिस गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *