सुनिताको ‘वास्तै नगर्नी’ बजारमा, भिडियोमा यस्तो देखियो दिक्पाल र नम्रताको जोडी

डिसी नेपाल
३० भदौ २०७६ १०:५७

काठमाडौं । गायिका सुनिता दुलालले नयाँ गीत बजारमा ल्याएकी छन्। उनले ‘वास्तै नगर्नी’बोलको गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।

गीतमा सुनिता र याम क्षेत्रीको स्वर छ। कर्ण चापागाइँ (पुर्नजिवित)को शब्द रहेको गीतमा बसन्त थापाले संगीत गरेका छन् भने आशिष अबिरलको संगीत संयोजन रहेको छ। गीतको समूह गायनमा बसन्त थापा, विक्रम परियार, सरिता कार्की र सीता श्रेष्ठ रहेका छन्।

गीतको भिडियोमा दिक्पाल कार्की र नम्रता सापकोटा फिचर्ड छन्।

प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी छ। भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *