बालेन–रवि छलफलमा कांग्रेस नेता सुनिल शर्मादेखि सुधन गुरुङ, सागर ढकालसमेत सहभागी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटेका छन् । उनीहरु आज ललितपुरको कुपण्डोलमा बालेनका सल्लाहकार कुमार बेनको घरमा छलफल गर्दैछन् ।
स्रोतका अनुसार यो बैठकमा कांग्रेस नेता सुनिल शर्मादेखि यसअघिको निर्वाचनमा शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा चुनाब लडेका सागर ढकाल जेन–जी अगुवा सुधन गुरुङसमेत सहभागी हुँदैछन् । बालेनले आजै बिहान ऊर्जामन्त्री कुलमान घिसिङसँग समेत छलफल गरेका थिए ।
यसअघि सोमबार राती कमलपोखरीमा रास्वपा नेता असिम शाहको निवासमा रवि र बालेनले ६ घण्टा छलफल गरेका थिए । छलफलमा अहिलेको चुनाबपछि बालेन प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्न जाने र रविले पार्टी चलाउने अनि अर्को निर्वाचनपछि रविले सरकार चलाउने र बालेनले सघाउने सहमति भएको दाबी गरिएको थियो ।
आजको छलफलको मुख्य विषयवस्तु पनि यही सेरोफेरोमा हुनसक्ने स्रोत बताउँछ । रविसँग सोमबार छलफल गरेका बालेनले पछि त्यसयता राजनैतिक छलफल तीब्र बनाएका छन् । उनले जेन–जी अभियन्ताहरुसँग पनि भेटेका थिए ।







डिसी नेपाल








Facebook Comment