महामन्त्रीमा प्रतिस्पर्धा गर्ने प्रदीप पौडेलको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशनबाट महामन्त्रीमा चुनाव लड्ने घोषणा गरेका छन्। बिहीबार धुम्बाराहीमा पत्रकारहरूसँगको भेटघाटमा उनले यस्तो घोषणा गरेका हुन्।
‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ। त्यसमा विजय हासिल गर्न सकिनँ। महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन। महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन। त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ,’ उनले भने।
कांग्रेसभित्रबाट समेत आफूलाई यही सुझाव प्राप्त भएको उनको भनाइ छ। उनले बताए । अगाडि भनेका छन्, ‘साथीहरू धेरैले पनि महमामन्त्रीमै गर्नुस् भन्नुभएको छ ।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment