क-कसले भेटे बालेनलाई? (तस्बिरहरू)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन्।
बिहीबार कुपन्डोल पुगेका सुनारले पत्रकारहरुसँग बोल्दै आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख देखिन नहुने कुरामा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट रहेको बताए।
उनले भने, ‘आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख कतै देखिनु भएन भन्ने कुरामा हामी हिजो पनि स्पष्ट थियौं आज पनि स्पष्ट छौ।’
यस्तै, उनले अब कसरी अगाडि बढ्ने भन्ने कुरामा सानो छलफल भएको पनि बताए।
उनले भने, ‘एउटा भेटघाटको लागि यहाँ आइपुगेको हो। बालेन ज्यूले देशलाई संकट परेको बेला हामीले जिम्मा लिनुपर्ने बेला आयो जस्तो छ, हामीले जिम्मा लिँदै गर्दा तपाईहरुको साथ हुन्छ कि हँुदैन। के हुन्छ भन्ने खालको उहाँहरुको जिज्ञासा थियो। उहाँले अहिले यसरी सबैसँग छलफल गरिरहेको छ। हाम्रो छलफल अगाडि कसरी जाने भन्ने बारेमा हो।’
बालेन अहिले जेनजीहरूसँग छलफलमा छन् भने बालेनसँगै छलफल गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि त्यहाँ पुगेका थिए। साथै, बालेनले यसअघि रवि लामिछाने, कुलमान घिसिङ, सुनिल शर्मा, अमरेशकुमार सिंह लगायतसँग छलफल गरेका थिए।










No ads found for this position



डिसी नेपाल
Facebook Comment