बालेनलाई भेटेपछि बाबुरामको प्रतिक्रिया-नयाँ र वैकल्पिक शक्ति मिलेर जानुपर्छ
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले पनि काठमाडौंका मेयर बालेन शाहलाई भेटेका छन्।
ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा दुईबीच भेट भएको हो। बालेनसँग भेटेर फर्केपछि बाबुरामले नयाँ र वैकल्पिक शक्तिहरू मिलेर जान सुझाएको बताए।
भटपछि उनले नयाँ र वैकल्पिक शक्ति मिलेर जानुपर्ने कुरा राखेको प्रतिक्रिया दिएका छन्।
उनले भने,‘मैले विगत लामो समयदेखि भन्दै आएको कुरा नयाँ र वैकल्पिक शक्ति बनाएर जानुपर्छ भन्ने कुरा मैले भन्दै आएकै कुरा हो, मैले बालेनजीसँग त्यही कुरा राखेँ, नयाँ र वैकल्पिक शक्ति बनाउन तपाईंले समन्वय गर्नुस् भनेको छु।’ बाबुरामसँगको भेटअघि बालेनले रवि लामिछाने, कुलमान घिसिङ, सुनिल शर्मा, ज्ञानेन्द्र शाही, सुधन गुरुङलगायतसँग भेट गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment