बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

डिसी नेपाल
१० पुष २०८२ २०:४१
40
Shares

सिरहा। सिरहाको बरियारपट्टी गाउँपालिका३ मा रहेको छोटी भन्सार कार्यालय बन्द गरिने चर्चा चलिरहेका बेला स्थानीयवासी, जनप्रतिनिधि तथा जेनजी युवाले भन्सार कार्यालय यथावत् राखी स्तरोन्नति गर्न माग गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ज्ञापनपत्र बुझाएका छन्

लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा आज जेनजी युवाको तर्फबाट शिव यादव, सन्तोष यादवलगायतले अर्थमन्त्री खनाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्

ज्ञापनपत्र बुझाउँदै जेनजी युवा सन्तोष यादवले भने, “शिव यादवलगायत यहाँका आम युवाले पहिलेदेखि नै बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिका लागि पहल गरिरहनुभएको छ आशा छ, यो भन्सार छिट्टै स्तरोन्नति हुन्छ चार पाङ्ग्रे सवारीसाधनको आवतजावत खुलेपछि यस क्षेत्रका नागरिक र व्यापारीलाई ठूलो सहयोग पुग्नेछ

स्थानीयका अनुसार बरियारपट्टी छोटी भन्सार कार्यालय बरियारपट्टी बजारको मध्य भागमा अवस्थित छ यस भन्सारबाट सिरहा जिल्लासहित आसपासका लाखौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन्

बरियारपट्टी, औरही, अर्नामा, नवराजपुर, लक्ष्मीपुर पतारी गाउँपालिका तथा सुखिपुर, धनगढीमाइ, गोलबजार र लहान नगरपालिकाका केही वडाका नागरिक तथा सानाठूला व्यापारीहरूले यस भन्सारमार्फत घरायसी तथा व्यावसायिक सामग्रीको आयातनिर्यात गर्दै आएका छन्

भौगोलिक रूपमा नेपालतर्फको बरियारपट्टी बजार र भारततर्फको लदनियाँ बजार सिधै जोडिएको हुँदा यस भन्सारको आर्थिक तथा व्यापारिक महत्व उच्च रहेको स्थानीयको भनाइ छ भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु ७० लाख छ हजार राजस्व सङ्कलन गरेको तथ्याङ्क उल्लेख गरिएको छ ज्ञापनपत्रमा बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द नगरी यथावत् सञ्चालन गर्न, आवश्यक पूर्वाधार निर्माण गरी स्तरोन्नति गर्न र चार पाङ्ग्रे सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरिएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.