सिन्धुलीको कमलामाईमा कर्फ्यू आदेश जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुलीको कमलामाई नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ।
६ पुसमा कमलामाई नगरपालिका-४ धुरामा भएको घटनालाई दिएर आज उक्त क्षेत्रमा स्थानीयले ढुंगामुढा र हुलदंगा गरेपछि शान्ति सुव्यवस्था कायम गर्न प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
प्रशासनले आज राति ८:३० बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। ६ पुसमा धुरामा आफ्नै सासुले बुहारीलाई पेट्रोल छर्की कोठामा थुनेर जलाएर हत्या गरेकी थिइन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment