चुनावी वातावरण बनाउन सरकार सक्रिय, देउवा, ओली र प्रचण्डसँग छुट्टाछुट्टै छलफल

डिसी नेपाल
११ पुष २०८२ १४:३६
24
Shares

काठमाडौं। निर्वाचनको मिति नजिकिएसँगै सरकार चुनावी वातावरण बनाउन सक्रिय भएको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन दलका शीर्ष नेतालाई भेटेर निर्वाचनका विषयमा छलफल गरे।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटेर निर्वाचन केन्द्रित छलफल गरेका हुन्। सो भेटमा तीनै जना नेताहरुले आफूहरु चुनावको लागि तयार रहेको तर सरकारले चुनावको वातावरण बनाउनुपर्ने बताएका थिए।

निर्वाचनलाई एकमात्रै एजेण्डा बनाएको सरकारले राजनीतिक दललाई विश्वासमा लिने काम गरिरहेको छ। त्यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले शनिबार प्रमुख तीन दलका शीर्ष नेता देउवा, ओली र प्रचण्डसँग छलफल गर्ने भएकी छन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेर संवादको वातावरण बनाएका थिए। सो छलफलमा अर्को संवाद बालुवाटारमा गर्ने सहमति भएको थियो। सो सहमति अनुसार प्रधामन्त्री कार्कीले शनिबार प्रमुख दलका तीन शीर्ष नेतासँग सम्वाद गर्ने तय भएको उनको सचिवालयले जनाएको छ।

शुक्रबार सञ्चारमन्त्री खरेलले तीन शीर्ष नेतासँग संवाद गरेपछि चुनावको वातावरण बनाउन सरकारले कुनै कसर नराख्ने बताएका थिए। सुरुमा सभापति देउवालई भेट्न महाराजगञ्ज पुगेका सञ्चारमन्त्रीलाई आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताए थिए। उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताए।

साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव पनि दिएका छन्।

यसैगरी एमाले अध्यक्ष ओलीले आफूले सरकारको तर्फबाट सुरक्षा मजबुत भएको कुरा जानकारी गराएको उल्लेख गर्दै निर्वाचनमा भाग लिन आग्रह
गरिएको बताए। अध्यक्ष ओलीले आफ्नो पार्टी एमाललेले निर्वाचन बहिष्कार गर्ने पक्षमा नरहेको भन्दै निर्वाचन बाट नभाग्ने र निर्वाचनलाई स्वीकार गर्ने बताएका थिए।

ओलीले निर्वाचनको मुखमा सरकारले आफूमाथि स्थानहद तोकेको विषयमा चासो राखेका थिए। जवाफमा मन्त्री खरेलले चुनावी वातावरण बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै स्थानहद हटाउन सक्ने संकेत गरेका थिए। संचारमन्त्री खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डसँग पनि चुनावी छलफल गरेका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.