शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति

डिसी नेपाल
११ पुष २०८२ १६:०४
28
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

आज बुढानिलकण्ठमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनमा उनले वर्तमान समयको आवश्यकताअनुसार शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र रोजगारीसँग जोडिनुपर्नेमा समेत जोड दिए। उनले शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारसँग सहकार्य पनि गर्नुपर्ने आवश्यकता औंल्याए।

उपराष्ट्रपति यादवले जेनजी युवाहरूको आन्दोलनले मुलुकलाई नयाँ सोच, मार्ग र दिशा प्रदान गरेको उल्लेख गर्दै सो आन्दोलनले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउने प्रेरणा दिएको बताए। शिक्षण–सिकाइ प्रक्रिया केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यवहारिक जीवनसँग जोडिनु आजको आवश्यकता रहेको उनको भनाइ थियो।

उपराष्ट्रपतिले निजी शिक्षालयहरूले शैक्षिक गुणस्तरमा योगदान पु¥याउने विश्वास व्यक्त गर्दै स्थानीय संस्कृति, मूल्य–मान्यता र पहिचानलाई सम्मान गर्ने पाठ्यक्रम विकासमा हिसानलगायतका संस्थाले सहकार्य गर्नुपर्ने धारणा राखे।

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले गुणस्तरीय, समावेशी र सीपयुक्त शिक्षाको प्रवद्र्धनमा निजी क्षेत्रका संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। कार्यक्रममा पूर्वमन्त्री एवं हिसानका निर्देशन समिति संयोजक उमेश श्रेष्ठलगायत विभिन्न शिक्षा क्षेत्रका विज्ञ, निजी शिक्षालयका सञ्चालक, शिक्षक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा हिसानको योगदानको प्रशंसा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *