वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

डिसी नेपाल
११ पुष २०८२ १६:१७
60
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को संरक्षण प्रयासको प्रशंसा गरेका छन्।

उनले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालय भ्रमणका क्रममा दशकौंदेखि वन्यजन्तु संरक्षण र प्राकृतिक पारिस्थितिक प्रणालीको पुनःस्थापनामा एनटिएनसीले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे।

मन्त्री चौलागाईंले एनटिएनसीका संरक्षण प्रयासको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा संस्थाले अघि सारेका संरक्षण लक्ष्यमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाललाई विश्वस्तरमा प्रकृति संरक्षणको अग्रणी मुलुकका रूपमा स्थापित गर्न एनटिएनसीको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरे ।

उक्त अवसरमा एनटिएनसीका सदस्य सचिव डा नरेश सुवेदीले संस्थाले सञ्चालन गरिरहेका वन्यजन्तु संरक्षण कार्यक्रम तथा प्राकृतिक सम्पदा क्षेत्रहरूको संरक्षणसम्बन्धी गतिविधिबारे विस्तृत जानकारी गराएका थिए।

उनले समुदायको सक्रिय सहभागितामार्फत स्थानीय जीविकोपार्जन र प्रकृति संरक्षणबीचको दूरी घटाउने उद्देश्यले अपनाइएका समुदाय–आधारित संरक्षण मोडेल प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएको बताए।

एनटिएनसीले संरक्षणका साझा लक्ष्य हासिल गर्न मन्त्रालयसँगको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *