आरके बस्नेत राप्रपाबाट समानुपातिकतर्फ सिफारिस
काठमाडौं । आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै युवा नेता राम कुमार बस्नेत (आरके) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिक सांसदका रूपमा सिफारिस भएका छन्।
शाही युवा शक्तिबाट राप्रपामा आबद्ध भएका बस्नेत पार्टीका केन्द्रीय सदस्यसमेत हुन्। उनलाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट समानुपातिक उम्मेदवारका रूपमा पार्टी नेतृत्वले अगाडि बढाएको हो।
सामाजिक अभियान, युवामुखी राजनीति तथा संगठन निर्माणमा सक्रिय रहँदै आएका बस्नेतले समानुपातिक सांसद भएमा देश विकास र जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
पार्टी संगठन सुदृढीकरण, युवाको सहभागिता विस्तार तथा राष्ट्रवादी एजेन्डामा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनको उम्मेदवारीले पार्टीभित्र युवाको प्रतिनिधित्व अझ सशक्त हुने अपेक्षा गरिएको छ। उनको सिफारिससँगै पार्टी कार्यकर्ता तथा समर्थकहरूले खुसी व्यक्त गर्दै सफल राजनीतिक यात्राको शुभकामना दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment