सभामुख र उपसभामुखको कार्यकाल सकियो, आजै विदा भएर घर जाँदै

डिसी नेपाल
१३ पुष २०८२ १५:०७
2.2k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको कार्यकाल सकिएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन पत्र दाखिला गर्न तोकेको दिन आएसँगै सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो ।

संविधानमा सभामुख र उपसभामुखको कार्यकालबारे स्पष्ट व्याख्या गरिएको छ । संविधानको धारा ९१ को उपधारा ६ अनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा त्यसपछि हुने निर्वाचनको लागि मनोनयन दर्ता हुने अघिल्लो दिनसम्म उनीहरुको कार्यकाल रहने प्रावधान छ । यो व्यवस्थाअनुसार उनीहरुको कार्यकाल आज सकिइसकेको छ ।

सभामुख घिमिरेका संचार विज्ञ शेखर अधिकारीका अनुसार घिमिरेले आजै सरकारी निवास छोड्ने तयारी गरेका छन् । घिमिरे सार्वजनिक घोषणा नगरी विदा हुन लागेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च पुगेको र त्यहाँ जवाफ दिनुपर्ने भएकोले घिमिरे चुपचाप निस्किन लागेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.