राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन कांग्रेसको माग

डिसी नेपाल
१३ पुष २०८२ १५:२७
36
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ।

कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदैं यस्तो माग गरेका हुन्।

गत पौष १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय अध्यक्षज्यूलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरेको थियो।

भेटमा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, बिष्णु सापकोटा र पदम परियार लगायतका सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *