एमालेको सचिवालय बैठक सुरु
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही पुस १३ र १४ गते समानुपातिकको बन्द सूची पेस गर्न समय निर्धारण गरेका सन्दर्भमा बैठकमा छलफल हुने जनाइएको छ।
एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचित भएपछि यो पहिलो सचिवालय बैठक हो।
बिहान ११ बजे बस्नेगरी तय भएको बैठक सयम परिवर्तन भई २:३० बजे बसेको हो। महाधिवेशनपछि यही पुस ५ गतेको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनलगायतको अधिकार सचिवालयलाई दिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment