बालेनका मानिसलाई कुन पद?

डिसी नेपाल
१४ पुष २०८२ १०:१९
340
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर वालेन शाहले भावी प्रधानमन्त्रीको उम्मेदवार हुने सर्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सात बुँदे सहमति गरे।

सहमतिमा “बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजानिक छविलाई आधार मान्ने” उल्लेख छ।

बालेनका लागि पद टुंगो भए पनि उनीसँग रास्वपामा जाने कति हुन्? र तीनका लागि कुन कुन पद तय गरिएका हुन्? भन्ने अन्यौल रास्वपाका नेता कार्यकर्तामा व्याप्त छ। यसको जवाफ बालेन र रविले कहिले देलान्?

यी दुई नेताबीच सहमति भएसँगै सामाजिक संजालमा खुशीयाली छाएको छ। उनीहरुले जेनजी आन्दोलनको मर्म अनुसार रवि र बालेनबीच एकता भएको भन्दै खुशी व्यक्त गरेका छन्। समानुपातिक निर्वाचनको बन्द सूची आज बुझाउनै पर्ने बाध्यतामा दलहरु छन्।

रवि र बालेनबीच भएको सहमति अनुसार ४० प्रतिशत बालेन र बाँकी ७० प्रतिशत रास्वपाका मान्छे समानुपातिकको बन्द सूचीमा पर्ने निश्चित भएको छ। तर बालेनले ककसलाई बन्द सूचीमा राख्छन् भन्ने केही खुलेको छैन।

रास्वपाले भने यसअघि नै पार्टी कमिटीबाट निर्वाचित भएर आएकाहरुलाई नै बन्द सूचीमा राख्ने बताएको छ।
दुई नेताबीच एकता गर्ने सहमति भएपनि बादेनका मासिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य चुनौती रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *