लघुकथा : कार्यक्रम

भूमिका गैरे तिमिल्सिना
१९ पुष २०८२ ७:५५
24
Shares

सोचमग्न थिएँ।

जाडो महिना अत्यधिक चिसो बाह्र बजेसम्म घाम देखिँदैन। तालिकामा नजर डुलाउँदै समय व्यवस्थापन गर्नमा तल्लीन, हेर्दै थिएँ। संघसंस्थाहरूमा आवद्धता थियो। कहाँ, कसरी अनि कतिबेला जाऊ र इष्टमित्रको मान राखूँ? नजाऊ भने रिसाउँछन्, किन आएन, प्रश्न गर्छन्।

छिमेकी, जिउँदाको जन्ती मर्दाको मलामी भन्छन्। विवाहको कार्ड, कार्यक्रमहरूमा अतिथि, उपस्थितिका चिठी नियाल्दै थिए। श्रीमतीले भान्साबाट आवाज दिइन्, ” भान्सा तयार भो, खाना खान आउँनुहोस् नत्र चिसो हुन्छ।”

श्रीमान् घोरिएको देखेर सोधिन्, “के भयो?” उनी झस्किए अनि भनेँ, ” सात ठाउँमा जानुछ, कसरी मिलाउने होला?”

उनले भनिन, ” विवाह र उपस्थितिमा म जान्छु, बाँकी तपाईं नै मिलाउँनुहोस्।”

उनी निस्किए, सबै ठाउँमा उपस्थिती जनाउँन भ्याएनन्। साँझ घर फर्किए। केही मलिन देखिए। उनले उत्सुकता देखाइन् र सोधिन् “भ्याउनु भोत।”

उनले थकित स्वरमा भनेँ, “कहाँ भ्याउँनु?”

फेरि फत्फताउँन लागिन्,
“कार्यक्रमहरू एकैसाथ किन जुधाउँछन् कुन्नि? एउटा मान्छेले कता कता भ्याउनु हो?”

उनले दुर्बोध भावमा भने, “समस्या, बुझ्नेलाई श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बिड भन्थे, टाठोबाठो हुनु नि गाह्रो रछ।”

लघुकथा : २५ डिसेम्बर

विविधतामा एकता भएको मुलुक नेपाल भएकाले आज सार्वजनिक बिदा क्यालेन्डरमा उल्लेख छ। विभिन्न समुदायबाट आवद्ध विद्यार्थीहरू अध्ययनरत छन् । विद्यालय प्रशासनले क्रिसमस सम्बन्धी कार्यक्रम गर्यो र बिदा दियो।

रातो र सोतो पेपरबाट बनाइएका सामग्री देखाइए। सुमनलाई आश्चर्य लाग्यो, कुतुहलताले भरिएको भावले शिक्षकलाई सोध्यो, “नेपाल हिन्दु राष्ट्र हुँदाहुँदै पनि किन विदेशी संस्कृति भित्र्याइएको होला। के छर यो पर्वको विशेषता।” उसले उत्सुकताले भरिएको नजरले सोध्यो।

शिक्षकले सुम्सुम्याउँदै, “२०४६ सालको राजनीतिक परिवर्तनसँगै राष्ट्रिय पर्वको रूपमा मनाइँदै आएको छ। योसेफ र मरियमका पुत्रका रूपमा आधुनिक इजरायलको एक गुफामा उनको जन्म भएको थियो।” उसको जिज्ञासा केही शान्त गराए।

फेरि शिक्षकले, “येसु ख्रिष्ट आजकै दिन जन्मिएका ईश्वरका पुत्र थिए। उनले संसारलाई पापबाट मुक्त गराउँनका लागि एकआपसमा प्रेम, भाइचारा, विश्वास, शान्ति,धर्म, सत्यका बारेमा दिव्य उपदेश बाड्ने क्रममा प्राण त्यागेका थिए, जुन बाइबलमा उल्लेख छ। उनी धार्मिक व्यक्ति थिए।” उसको उत्कण्ठाले भरिएको मुहार हेर्दै शिक्षकले फेरि थपे।

सुमन अझ लालायित हुँदै सोध्यो, “कसरी मनाइन्छ?”

शिक्षकले ल सुन भन्दै, “मानिसहरू हर्षोल्लासका साथ येसुको प्रार्थना गर्ने, मैनबत्ति बाल्ने,उपहार साटासाट गर्ने, मिठामिठा परिकार खाने, मौलिक भेषभुषामा सजिएर चर्च जाने, उनको ज्ञान उपदेश बाड्नुका साथै एकआपसमा सुख, शान्ति, सद्भाव, सुस्वास्थ्यको कामना गरी मानाउँने गर्छन्।” उनले सहजताका साथ सुमनलाई सम्झाए।

सुमनले चहक भावले शिक्षकलाई हेर्दै, “आहा! जुनसुकै समुदायको भए पनि धर्मको उद्देश्य चाहिँ एकै हगि, सर भन्दै ऊ मुसुक्क हाँस्यो।”

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.