अशोक राई नेतृत्वकाे जसपा विभाजन, बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित

डिसी नेपाल
१४ पुष २०८२ १३:१६
88
Shares

काठमाडौं। जनता समाजवादी पार्टीकी सह-अध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरु जनता समाजवादी पार्टी नेपालसँगको एकीकरण प्रक्रियामा समाहित भएका छन् । जसपाकी सह अध्यक्ष यादल र र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताको सम्झौतामा हस्ताक्षर भएको छ।

एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित दुवै पार्टीबीच औपचारिक रूपमा एकीकरण गरिएको हो।

एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ। नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

‘जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरुसहित जसपा नेपाल पार्टीसँग एकीकरण गरियो,’  सम्झौता पत्रमा भनिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.