‘नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक अग्रपङ्क्तिमा’

डिसी नेपाल
१४ पुष २०८२ १३:५८
32
Shares

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेको बताएका छन्।

सोमबार उपत्यका ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सडक सुरक्षा, यात्रु सुरक्षा तथा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।

सीडीओ पौडेलले जेनजी आन्दोलनपछि ट्राफिक प्रहरी कठिन परिस्थितिमा पुगेको स्मरण गर्दै हाल स्थिति सुधार भई अझ बलियो रूपमा सडकमा फर्किएको बताए ।
‘जेनजी आन्दोलनपछि सुरुमा ट्राफिक प्रहरी सडकमा थिएन, सवारीसाधन थिएन, ड्रेससमेत थिएन, चारैतिर जलेका संरचनाहरू थिए,’ उनले भने, ‘तर अहिले हरेक चोकचोकमा ट्राफिक प्रहरीको उपस्थिति देख्न सकिन्छ ।’

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले नागरिक र प्रहरीबीचको सम्बन्ध सुधार गर्न सकारात्मक सोच आवश्यक रहेको बताए ।

उनले भने, ‘नागरिकहरूसँग प्रहरीको सम्बन्ध कसरी राम्रो बनाउन सकिन्छ भन्ने सोच र सकारात्मक मन लिएर मात्रै आए पनि त्यो हाम्रो लागि ठूलो धन हो ।’
कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले म्याजिक लाइट हस्तान्तरण गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *