सार्वजनिक भयो दयाहाङ र उपासनाको ‘माया पिरती’
काठमाडौं। असोज ३ गते अर्थात आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्ड कबड्डी’मा समावेश ‘माया पिरती’ बोलको गीत सार्वजनिक गरिएको छ।
अहिलेका लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छन्।
राम बाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ र उपासनाका साथमा कर्मा शाक्य, विल्सन बिक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्की, पुश्कर गुरुङ, कविता आले लगायतका कलाकारहरुको अभिनय छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment