रोटरी तथा इनरह्विलद्वारा पैयूँमा ३० शौचालय हस्तान्तण

डिसी नेपाल
१८ पुष २०८२ १०:३०
120
Shares

काठमाडौं। रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान अन्तर्गतका विभिन्न रोटरी क्लब, रोटरियन तथा इनरह्विल क्लबले पर्वत जिल्लाको पैयूँ गाउँपालिकाका वडा न एक, तीन र वडा न ४ का अति विपन्न नागरिकका ३० शौचालय हस्तान्तरण गरेका छन्।

पुस १५ गते काठमाडौंबाट विभिन्न रोटरी क्लब र इनरह्विलका अधिकारीसहित पैयूँ पुगेको टोलीले ति शौचालय हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमा समूह, समाजसेवी तथा लाभग्राहीको उपस्थिति थियो। गत वर्षपनि रोटरीले सोही गाउँपालिकाको वडा न ५ र ६ मा २० शौचालय निर्माण गरि हस्तान्तरण गरेको थियो।

हस्तान्तरण कार्यक्रममा स्थानीय सरकारका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा समाजसेवीहरुले रोटरीले समुदायको विकासमा पुर्‍याएको योग्दान अतुलनीय रहेको भन्दै आगामी दिनमा पनि समुदायको सेवामा रोटरीको भूमिका रचनात्मक रहने विश्वास व्यक्त गरेका थिए। हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लबका अध्यक्षहरुले समुदायको सेवामा स्रोत, सामाथ्र्य र समयले भ्याएसम्म आफुहरु लागिरहने प्रतिवद्वता व्यक्त गरेका थिए।

काठमाडौंवाट गएको टोलीलाई स्थानीय आमा समूह र वडाहरुले विविध सांस्कृतिक प्रस्तुति र बाजागाजासहित स्वागत एवं सम्मान गरेका थिए। प्रति शौचालय ३० हजारका दरले निर्माण भएका शौचालय विभिन्न रोटरी क्लब, इनरह्विल क्लब र व्यक्तिगत रुपमा रोटरियनहरुले सहयोग गरेका थिए।

यसरी शौचालय निर्माणका लागि सहयोग गर्ने संस्था तथा व्यक्तिहरुमा रोटरी क्लब अफ बालाजु, इनरह्विल क्लब अफ बालाजु, रोटरी क्लब अफ गोंगबु, रोटरी क्लब अफ काठमाडौं, रोटरी क्लब अफ काठमाडौं सर्कल, रोटरी क्लब अफ काठमाडौं हाईट, रोटरी क्लब अफ हेटौडा, रोटरी क्लब अफ पशुपति काठमाडौं, रोटरी क्लब अफ काठमाडौं मेट्रो, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ नार्गाजुन, रोटरी क्बल अफ हिमालय गल्फर्स, रोटरी क्लब अफ काभ्रे बनेपा, रोटरी क्लब अफ महाराजगंज, रोटरी क्लब अफ माउण्ट एभेरेष्ट, रोटरी क्लब अफ जावालखेल मञ्जुश्री, रोटरियन लता बराल शर्मा, पूर्व डिस्ट्रिक्ट गभर्नर जया राज्य लक्ष्मी शाह, पूर्व डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारी, रोटरियन शारदा आर्चाय पोखरेल, रोटरियन डा सुनिती आर्चाय, रोटरियन दिनेश प्रसाद श्रेष्ठ, रोटरियन अशोकनाथ प्याकुरेल, रोटरियन लक्ष्मण ज्ञवाली र रोटरियन भिम बहादुर बोगटी रहेका छन्।

शौचालय निर्माणमा सहयोग गर्ने दाताहरुलाई काठमाडौंमा एक समारोहका विचमा सम्मान गर्ने रोटरी क्लब अफ तिनकुने काठमाडौंका अध्यक्ष तिलक तिवारीले जानकारी दिएका छन्।

हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ बालाजुकी अध्यक्ष शोभा कुमारी पौडेल, रोटरी क्लब अफ गोंगबुका अध्यक्ष राजाराम फुँयाल, रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष राजेन्द्र गौतम, रोटरी क्लब अफ काठमाडौं सर्कलका अध्यक्ष निलहरि कोइराला, रोटरी क्लब अफ काठमाडौं हाइटका अध्यक्ष अरुण शर्मा, रोटरी क्लब अफ तिनकुने काठमाडौका अध्यक्ष तिलक तिवारी र इनरह्विल क्लब अफ बालाजुकी अध्यक्ष मन्दिरा श्रेष्ठ र बोर्ड सदस्य सुमनलता सिंहको टोली पुगेको थियो।

आफ्ना शौचालयहरु विजोगपूर्ण अवस्थामा रहेकोमा रोटरीले व्यवस्थित शौचालय निर्माण गरिदिएकोमा आफुहरु रोटरीप्रति आभारी रहेको लाभग्राहीले प्रतिक्रिया दिएका थिए । पैँयूँमा रोटरीले विगत वर्षदेखि नै विविध सेवा परियोजनाहरु सञ्चालन गर्दै आएको छ।

पैयूँ सामुदायिक अस्पताललाई इसीजी, अल्ट्रासाउण्ड हस्तान्तरण देखि न्यानो लुगा, स्कूल ब्याग, स्टेशनरी र अति विपन्न परिवारका छात्र छात्रालाई छात्रवृति प्रदान गर्ने सम्मका कार्यक्रम गरिरहेको छ । अति विपन्न नागरिकको शौचालय निर्माणको संयोजन रोटरी क्लब अफ बालाजु र रोटरी क्लब अफ तिनकुने काठमाडौंले गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *