सकिने बाटोमा कांग्रेस
काठमाडाैं। शिखरमा पुग्न समस्या हुन्छ। झर्न त जोकोही झर्छ। अझ सफलता चुम्न कठिन हुन्छ। बदनाम त जोकोही हुन सक्छ। अहिले नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहर नेपाली कांग्रेस त्यही स्थितिमा छ।
कांग्रेस साँच्चै भन्नुपर्दा घर न घाटको अवस्थामा पुगेको छ। यसै त जेन–जी आन्दालनले झस्केकाे कांग्रेसलाइ सम्हालिन अझै समय लागिरहेकाे छ। त्यसमाथि कांग्रेसकाे महाधिवेशन नगरेर आफैंलाइ असफल पार्टीकाे ट्याग मात्रै भिराएका छैन प्रतिनिधसभाकाे निर्वाचनअघि महाधिवेशन वा विशेष महाधिवेशन भन्ने विवादमा अल्झिएकाे छ।
अहिले कांग्रेसभित्रको लडाइँ पार्टीलाई लोकतान्त्रिक बनाउने भन्ने हो। विधानसम्मत बनाउने भन्ने हो। त्यसका लागि पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने हो। पहिले केन्द्रीय कार्यसमितिले पुस अन्तिममा नियमित महाधिवशन गर्ने भनेर निर्णय गर्न अनि अहिले विशष परिस्थितिले महाधिवेशन गर्न सकिएन भनर हात ठडाउन पाइँदैन।
असाेज २९ गते नै विशष महाधिवेशन गर्न ५४% विशेष महाधिवेशन पक्षधरले हस्ताक्षर बुझाएका थिए। विधानअनसार माग गरेकाे तीन महिनाभित्रै विशष महाधिवेशन गर्नुपर्छ । त्यसका लागि महामन्त्रीहरु लाग्दा नेतृत्व भने बैशाखमा गर्नेगरी निणय गराउन सफल भएकाे छ। महामन्त्रीहरु अझै पनि पुस अन्तिममा विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरिरहेका छन्।
यसले नै देखाउँछ फागुन २१ मा चुनाव भयो भने कांग्रेसलाई अरुले हराउन पर्दैन कांग्रेसले नै हराउने छन्। अनि बन्नेछ पार्टी डाइनोसर। सबैभन्दा ठूलो पार्टी विलिन हुनेछ। जसरी डाइनोसर अहिले अस्तित्वमा छैन।
जेन–जी आन्दाेलनपछि झनै चलायमान हनुपर्नेमा कांग्रेस निकै सुस्स गतिमा चलिरहेकाे देखिन्छ। विगतदेखि नै कांग्रेसको नेतृत्व र यसले गर्ने निर्णयले मुलुकको राजनीतिक वृत्तमा महत्वपूर्ण अर्थ राख्दै आइरहेको परिपक्षमा अहिलले भने कांग्रेसस अनिर्णित जस्तै भइरहेकाे छ। गत मंसीर महिना भित्रमा नै पार्टीको नियमित महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस यो अवस्थामा छ।
त्यस्तै आतंककारी हमलाको शैलीमा देशका मुख्य न्यायिक तथा प्रशासनिक निकायहरूसहित व्यक्तिगत सम्पत्तिमा भएको अपूरणीय क्षति र हातपात समेतका घटनाबाट सिर्जित सामाजिक, राजनीतिक तथा आर्थिक उथलपुथलका सन्दभमा पार्टी गत तवरर्ल आजसम्म कांग्रेसले कुनै पनि निर्णय गर्न सकेकाे छैन।
जनभावना साप्तहिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment