गृहमन्त्री अर्यालसँग श्रीलङ्काका राजदूतको शिष्टाचार भेट
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेका छन्।
सिंहदबारस्थित मन्त्रालयमा आज भएको उक्त भेटमा उहाँहरुबीच नेपाल–श्रीलङ्का सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो।
त्यसअवसरमा गृहमन्त्री अर्यालले नेपालको विकास प्रयासमा श्रीलङ्का सरकारले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा राजदूत डेल्पिटियाले आफ्नो कार्यकालमा दुई देशबीचको दौत्य सम्बन्ध थप प्रगाढ सुने विश्वास व्यक्त गरे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment