रास्वपाले समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझायो

डिसी नेपाल
२७ पुष २०८२ १२:४७
7.0k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक नामावली आज बिहान निर्वाचन आयोगमा बुझाएको छ।

आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको प्रवक्ता मनिष झाले बताए। उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि सूची बुझाइएको हो।

पार्टीका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिक उम्मेदवारहरूको सूची परिमार्जन गरी समयमै बुझाइएको हो। उक्त सूचीमा समावेश उम्मेदवारहरू विभिन्न पृष्ठभूमि, क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी चयन गरिएको पार्टीले जनाएको छ।

निर्वाचन आयोगले बुझाइएका सूचीहरूको अध्ययन गरी कानुनी प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू उम्मेदवार छनोट र दर्ता प्रक्रियालाई तीव्र बनाइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *