राप्रपाको चियापानमा प्रधानमन्त्री कार्की सरिक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागि भएकी छन्।
राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रम गरेकोमा प्रधानमन्त्री कार्की केहिबेर अघि समारोहमा पुगेकी हुन्।
आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता सहभागी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment