‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

डिसी नेपाल
२८ पुष २०८२ ९:५६
16
Shares

काठमाडौं। म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा लाइभ म्युजिक प्रस्तुत गरेको छ। शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’ले लाइभ म्युजिक प्रस्तुत गरेको हो।

नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको ‘कुटुम्ब’ले ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा साँझ करिब ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो।

कार्यक्रममा ‘कुटुम्ब’ले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने धुनहरू प्रस्तुत गरेको थियो। रैथाने धुनहरूसँगै कुटुम्बले लोकप्रिय गीतका टुक्राहरू प्रस्तुत गर्दा दर्शक झुमेका थिए। कुटुम्बको मौलिक धुनमा लोकप्रिय गीतका टुक्राहरू मिसाउँदा प्रस्तुति विशेष बनेको थियो।

बेलाबेलामा आफूले प्रस्तुत गरेको धुन, त्यसको महत्वबारे प्रष्ट पार्दै ब्यान्ड मेम्बरले प्रस्तुति दिइरहँदा नेवारी रैथाने गीतसंगीतको प्रवर्द्धन पनि भइरहेको थियो।

कलाभित्र पब्लिसिटीलाई सुटुक्क छिराउँदै व्यान्ड मेम्बरले माइकमार्फत काठमाडौंभित्रै शान्त र सुन्दर स्थान ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’ स्वर्गको सानो टुक्रा भएको महसुस गरिरहेको बताइरहँदा दर्शकले कुटुम्बलाई भव्य तालीले साथ दिइरहेका थिए।

“हाम्रो मुख्य उद्देश्य नै नेपाली मौलिक नेवारी कल्चरलाई प्रवर्द्धन गर्दै हाम्रो रिसोर्टबारे जानकारी गराउनु पनि थियो । हामी हाम्रो संगीतलाई बिस्तारै भुल्दै पश्चिमी संगीतमा रमाइरहँदा हाम्रो आफ्नै भव्य र सभ्य मौलिक संगीत पनि छ है भन्ने हो,” २९ रिसोर्ट एन्ड फार्म हाउसका सञ्चालक मध्येका एक दिमेश श्रेष्ठले भने, “गीतसंगीत र बिजनेसलाई यसैगरी टाइअप गर्दै लैजानुपर्छ । नेपाली गीतसंगीतलाई कर्पोरेटसँग जोड्दै जान सकियो भने नेपाली मौलिक संगीत थप विस्तार हुँदै जानेछ ।”

कन्सर्टमा प्रवेशका लागि टिकट मूल्य ५०० रुपैयाँ तोकिएको थियो ।

दिमेशसँगै किरण श्रेष्ठ, सुशान्त श्रेष्ठ र कुमार श्रेष्ठको करिब चार करोड रुपैयाँको लगानीमा निर्माण भएको २९ रिसोर्ट एन्ड फार्म हाउस गत वर्षदेखि सञ्चालनमा आएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *