‘बा’सँग चुनाव लड्ने बालेनको तयारी, देशैभर ‘सूक्ष्म सर्वेक्षण’

डिसी नेपाल
३० पुष २०८२ ७:१४
192
Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्ने घोषणा गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्राविधिक तयारीलाई तीव्रता दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेतासमेत रहेका बालेनले पार्टीभित्र ‘बा’ ब्रान्ड बनाएका एमाले अध्यक्ष ओलीको चुनावी गढ मानिने झापा–५ बाट उम्मेदवारी दिने भएका हुन् । बालेन झापाबाट चुनाव लड्ने पक्का भएको रास्वपा नेतृ निशा डाँगीले जानकारी दिइन् ।

डाँगीले राजधानीसँग भनिन्, ‘पार्टीको रिसर्च टिमको सुझाव र वरिष्ठ नेताको प्रतिबद्धताअनुसार अब फेरि झापाले नै प्रधानमन्त्री पाउनेछ ।’ आन्तरिक सर्वे क्षणका आधारमा झापा–५ बाट नै उठ्ने निर्णय भएपछि चुनावको तयारी’bout परामर्श गर्न बालेनले पार्टीको जिल्ला नेताको टोलीलाई

बोलाएका थिए । आइतबार दिउँसो २ बजे ललितपुर ज्वागलस्थित कुमार बेनको निवासमा भएको छलफलपछि झापाली नेताहरूले बालेनसहितको फोटो सार्वजनिक गरेका छन् । जिल्ला सभापति प्रकाश पाठकसहित सचिव शम्भु सुस्केरा, झापा–३ का क्षेत्रीय सभापति लक्ष्मण बस्नेत, झापा–५ का विभागीय सदस्य विरोध सुवेदी र जिल्ला समितिका अनुशासन आयोगका संयोजक अर्ज‘न उप्रेती सहभागी थिए ।

केही दिनअघि मात्रै पार्टी प्रवक्ता मनिष झा, नेताहरू निशा डाँगी, प्रमोद न्यौपाने, राजीव खत्रीलगायत झापा पुगेर विभिन्न ठाउँमा भएका भेलालाई सम्बोधन गरेका थिए भने रिसर्च टिमले इन्फर्मल रिसर्चसमेत गरेको थियो ।

झापा बालेन शाहको ससुराली जिल्ला भएका कारण नाता लगाउँदै केही स्थानीयसँग रास्वपाका नेताहरूले बालेनसँग टेलिफोन गराएका छन् । एमाले–कांग्रेसभित्रका केही नेतासँग समेत टेलिफोन गराएसँगै बालेनले ६ माघबाट झापाली जनताका बिचमा आफूलाई उभ्याउने संकेत गरेका छन् ।

बालेन टिमबाट प्रभावशाली नेताका रूपमा रास्वपा पुगेका सागर ढकालले डडेलधुराबाट शेरबहादुर देउवासँग चुनाव भिड्ने घोषणा गरिसकेका छन् । पार्टीभित्रको आन्तरिक लडाइका कारण देउवा चुनाव नउठेको अवस्थामा बाहेक पक्का जित्ने क्षेत्रको रूपमा कांग्रेसले मूल्यांकन गरिरहेको डडेलधुरा–१ बाट ढकालले चुनाव लड्ने गरी रिसर्च टिमले काम गरिरहेको ढकालनिकट स्रोतले बताएको छ ।

राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *