विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीहरू विरुद्ध निर्वाचन आयोगमा उजुरी

डिसी नेपाल
४ माघ २०८२ १७:२८
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका महामन्त्रीहरुको पद खारेज गर्न माग गर्दै केहि युवाहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन्।

पार्टीको १४औं महाधिवेशनमा पराजित भएका व्यक्तिहरु विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएको घोषणा गरिएको भन्दै महामन्त्रीहरूको पद खारेज गर्न माग गर्दै आयोगमा उजुरी परेको हो।

उजुरीकर्ता राजकुमार डाँगीले १४औं महाधिवेशनमा पराजित भएका व्यक्ति १५औं महाधिवेशनअघि विशेष महाधिवेशनमा उम्मेदवारी दिन नपाउने व्यवस्था पार्टीको विधानमा रहेकाले महमन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको पद खारेज गर्न माग गर्दै आयोगमा उजुरी दर्ता गरिएको जानकारी दिए।

प्रदीप पौडेल र गुरुराज घिमिरे यसभन्दा अघिको १४औं महाधिवेशनमा क्रमश: महामन्त्री र कोशी प्रदेश सभापतिमा पराजित भएको उनले बताए।

उनले पार्टीको निर्धारित व्यवस्थाको उलंघन भएकाले दुवैको पद खारेज गर्न माग गरिएको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *