धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले राजीनामा दिएका छन्।
राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले आज राजीनामा दिएका हुन्।
उनले धरान निर्वाचन क्षेत्र रहेको सुनसरी–१ बाट आगामी प्रतिनिधि सभामा उम्मेदवार बन्ने निश्चित भएसँगै राजीनामा दिएका छन्।
२०७९ सालको निर्वाचनमा उनले धरानको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिए थिए। त्यसक्रममा राई २० हजार ८ सय २१ मत प्राप्त गर्दै विजयी बनेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment