मधेश प्रदेश सांसद रहबर अन्सारीले दिए राजीनामा
काठमाडौं। मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रबर अन्सारीले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृत समेत भइसकेको छ।
अन्सारी केही दिन अगाडि रास्वपा प्रवेश गरिसकेका छन्। उनी बारा ४ बाट प्रतिनिधि सभा उम्मेदवार उठ्ने तयारी गरेका छन्। रहवरले ‘प्रचण्ड’लाई माओवादी केन्द्रका पूर्वअध्यक्ष सम्बोधन गर्दै राजीनामा दिएका थिए।
उनले राजीनामा पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्ततः सत्ता र सुविधा चाहेकाहरू, अवसरवादीहरू अनि वास्तविक शहीदहरूलाई दिएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment