‘कबड्डी कबड्डी कबड्डी’को बुकिङ खुल्यो, मल्टिप्लेक्समा ‘छक्का पञ्जा ३’लाई भन्दा बढी शो

डिसी नेपाल
३१ भदौ २०७६ १७:४२

काठमाडौं। आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

चलचित्रलाई नेपालभरका मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो मिलेको छ। काठमाडौंमा सबैभन्दा बढी चेन भएको क्यूएफएक्स’ले मात्र प्रदर्शनको पहिलो दिन चलचित्रलाई ३७ शो दिएको छ। काठमाण्डौ बाहिर पनि चलचित्रले उच्च शो पाएको छ। यसअघि कुनै नेपाली चलचित्रले यो संख्यामा शो पाएका थिएनन्।

यसअघि ‘छक्का पञ्जा ३’ ‘क्यूएफएक्स’ चेनमा प्रदर्शनको पहिलो दिन सर्वाधिक ३० शो पाएको थियो।

चलचित्रप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्येनजर गर्दै मल्टिप्लेक्स हलहरुमा मंगलबारदेखि नै बुकिङ खुला गरिनुका साथै सर्वाधिक शो दिईएको हो।

ब्राण्ड नाम, मल्टिस्टार कलाकार, गीतसंगीत र ट्रेलरबाट पाएको सकारात्मक प्रतिक्रियाका कारण चलचित्र हेर्न दर्शकको बाक्लो उपस्थिति हुने अनुमान गरिएको छ। चलचित्रको वर्ड अफ माउथ राम्रो भएको खण्डमा बम्पर ओपनिङ गर्ने पक्का छ।

‘कबड्डी’ र ‘कबड्डी कबड्डी’को सफलतापछि ‘कबड्डी कबड्डी कबड्डी’ ल्याईएको हो। चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।

चलचित्रमा दयाहाङ राई उपासना सिंह ठकुरी, कर्मा शाक्य, बुद्धि तामाङ, विजय वराल लगायतका कलाकारहरुको अभिनय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *