रमेश लेखकको टिकट खोसियो
काठमाडौं । जेन-जी आन्दोलन दमन गरेको आरोप लागेका तत्कालीन गृहमन्त्री रहेश लेखकको टिकट खोसिएको छ । नेपाली कांग्रेसले यसअघि लेखकले चुनाब लड्दै आएको क्षेत्र कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ ।
बोहरा कांग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन् । नेता बोहराले टिकट पाउँदा पूर्वगृहमन्त्री लेखक कांग्रेसबाट चुनावी प्रतिस्पर्धाबाट वञ्चित भएका छन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment