१८ वर्षअघि बुवासँग अहिले छोरासँग चुनाब लड्दै विष्णु पौडेल

डिसी नेपाल
६ माघ २०८२ १२:१८
2.3k
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचन लड्न लागेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको चुनाबी यात्रामा रोचक संयोग बनेको छ । २०६४ को संविधान सभा निर्वाचनमा बुवासँग चुनाब लडेका पौडेल अहिले छोरासँग सोही क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन् ।

२०६४ को निर्वाचनमा रुपन्देही २ मा विष्णु पौडेलले तत्काली माओवादीका भक्तिप्रसाद पाण्डेसँग चुनाब लडेका थिए । यो निर्वाचनमा यी दुवैले जितेनन् । चुनाब मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादवले जितेका थिए ।

१८ वर्षपछि अब हुन लागेको निर्वाचनमा पनि पौडेल सोही ठाउँबाट चुनाब लड्दैछन् । चुनाबमा माओवादीसहितका दल एकीकरण भएर बनेको नेपाली कम्युजिस्ट पार्टीबाट विश्वदीप पाण्डे भनेर चिनिने सुवास पाण्डे उम्मेदवार छन् । विश्वदीप माओवादीका उनै पुराना नेता भक्ति चचा अर्थात भक्तिप्रसाद पाण्डेका छोरा हुन् ।

विश्वदीप पहिलेदेखि नै माओवादीमा सक्रिय युवा नेता हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विश्वदीप उनका स्वकीय सचिव थिए । अर्घाखाँचस्बाट बुटवल झरेका र अहिले काठमाडौंमा बस्ने विश्वदीप बाबुराम भट्टराईले माओवादीबाट फुटेर नयाँ शक्ति गठन गर्दा उतै गएका थिए । पछि उनी फेरि माओवादीमै फर्किएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.