२ पटक गगन थापासँग हारेका भट्टराई नै काठमाडौं ४ मा एमालेका उम्मेदवार

डिसी नेपाल
६ माघ २०८२ १४:२७

काठमाडौं । नेकपा एमालेले काठमाडौं ४ मा डा. राजन भट्टराईलाई नै उम्मेदवार बनाएको छ । भट्टराई यसअघि २०७२ र २०७९ मा गगन थापासँग हारिसकेका हुन् । तेस्रो पटक सोही ठाउँमा उठेका भट्टराईले यसपटक भने थापासँग भिड्नुपर्ने छैन । थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन् ।

मनोनयन पत्र दर्ताका लागि डा. भट्टराईलाई लिएर पार्टी कार्यकर्ता निर्वाचन कार्यालय जाँदैछन् । कांग्रेस सभापति थापा काठमाडौं ४ बाटै उम्मेदवार हुने चर्चाका कारण एमालेसहित अन्य दलले त्यहाँको उम्मेदवारी टुंगो लगाएका थिएनन् । भट्टराई स्वयं पनि पन्छिएका थिए । तर थापा नहुने भएपछि भट्टराई उम्मेदवार बन्न हौसिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.