प्रचण्डले रुकुमपूर्वबाट उम्मेदवारी दर्ता गराए
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार उनले जिल्ला रुकुमपूर्वबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
यसै अवसरमा, उनले देशैभरि तारा चुनाव चिह्न लिएर आशन्न निर्वाचनका लागि मनोनयन दर्ता गराएका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, सम्पूर्ण नेपालीहरूलाई तारा चिह्नमा मत प्रदान गर्न पनि आग्रह गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment