एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि उनले आफूले निर्वाचन जित्ने विषयमा पूर्ण विश्वस्त रहेको बताए। राजनीति स्थायीत्व जरुरी रहेको बताउँदै उनले राजनीति स्थायीत्वको लागि भूमिका खेल्ने प्रतिबद्धता जनाए।
उनले भने, ‘प्रतिस्पर्धाको लागि उम्मेदवारी दर्ता गराइयो। विजयको अपेक्षा पूर्ण रुपमा गर्दै मैले उम्मेदवारी दर्ता गरेको छु। विकास निर्माणका मुद्दाहरुलाई उठाउँछौं।राजनीति स्थायीत्व जरुरी छ। त्यो राजनीति स्थायीत्वको लागि आफ्नो ठाउँबाट भूमिका निभाउँछौं।’
निर्वाचन जित्ने ठूलो आधार जनताको समर्थन भएको भन्दै उनले एमालेको जित सुनिश्चि भएको दाबी गरे। क्षेत्र नं ५ बाटै राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गराइसकेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment