रमेश लेखकलाई टिकट नदिँदा गगन-विश्वप्रकाशको पुत्ला दहन

डिसी नेपाल
६ माघ २०८२ १५:२७
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरका कार्यकर्ताले पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला जलाएका छन् । कञ्चनपुरका नेता रमेश लेखकलाई सिकट नदिएको विरोधमा उनीहरूले पुत्ला जलाएका हुन् ।

नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकलाई कञ्चनपुर–३ बाट उम्मेदवार बनाएन । यसअघि उनी सोही क्षेत्रबाट उठ्दै आएका थिए ।

कञ्चनपुर-३ का नेता कार्यकर्ताले मंगलबार दिउँसो सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माविरूद्ध नाराबाजी र पुतला दहन गरेका हुन्।

यो क्षेत्रबाट २०५६, २०७० र २०७९ सालमा निर्वाचित लेखक अहिले पनि टिकटका आकांक्षी थिए। कांग्रेस संसदीय बोर्डले कञ्चनपुर-३ मा पूर्व जिल्ला सभापति हरि बोहरालाई उम्मेदवार बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.