आफैं उपस्थित हुन नसकेपछि कांग्रेस सभापति थापाले वारेसमार्फर उम्मेदवारी दर्ता गराउँदै

डिसी नेपाल
६ माघ २०८२ १५:४८
8.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराउँदैछन् । आफ्नो साविकको क्षेत्र छाडेर गगन सर्लाही झर्न लागेका हुन् ।

उम्मेदवारी दर्ताका लागि थापा स्वयं उपस्थित हुने योजना रहेको भए पनि उनी आफै सर्लाहीको निर्वाचन कार्यालय पुग्न सकेनन् । देशभरको टिकट विरतणमा व्यस्त हुनु परेपछि थापा सर्लाही पुग्न नसकेका हुन् ।

अब उनले वारेसमार्फत उम्मेदवारी दिनेछन् । यसका लागि थापाले मञ्जुरीनामा पनि पठाइसकेका छन् । आजै मनोनयन दर्ता गर्नुपर्ने र टिकट व्यस्थापनमा झल्झिँदा थापा समयमा पुग्न नसक्ने भएपछि वारेसको विकल्प रोजिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.