रुकुम पूर्वमा १२ जनाको उम्मेदवारी
रुकुम पूर्व । आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा आज १२ जनाको उम्मेदवारी परेको छ। यस जिल्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए।
उनका अनुसार नेपाली कम्यूनिष्ट पार्टीबाट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी नेपाली कांग्रेसबाट कुसुमदेवी थापा र नेकपा (एमाले)बाट लिलामणी गौतमको उम्मेदवारी परेको छ।
यसैगरी राष्ट्रिय जनमोर्चाबाट चन्द्रप्रसाद शाही, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)बाट जुद्धबहादुर बुढामगर, मङ्गोल नेशनल अर्गनाइजेसनबाट ज्योती रोका मगर, नेशनल रिपब्लिक नेपालबाट धर्म कुमार बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट सन्दिप पुन, जनता समाजवादी पार्टीबाट सिरबहादुर बुढा र स्वतन्त्रबाट अमरसिंह पुनको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत खनालले बताए।







डिसी नेपाल







Facebook Comment