प्रतिनिधिसभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार
सुर्खेत। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट चार जनाले प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन्। जिल्लाको नरहरिनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाबाट तीन-तीन उम्मेदवार चुनावी मैदानमा होमिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्कोट नगरपालिकाका स्थायी बासिन्दा नगेन्द्र शाही ‘नेश्नल’ राष्ट्रिय स्वतन्त्र पाटीका प्रकाश न्यौपाने, प्रगतिशिल लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेद्वार मानबहादुर तिरुवा रहेका छन्।
पचालझरना गाउँपालिका नेपाली कांग्रेसका हर्षबहादुर बम, नेपाली कम्युनिष्ट पाटीका महेन्द्रबहादुर शाही र देशभक्त समाज पार्टीका प्रेमसिंह तिरुवाले मनोनयन दर्ता गराएका छन्।
खाँडाचक्र नगरपालिकाका स्थायी बासिन्दा नेपाली कांग्रेसका नेता भुपेन्दजंग शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाही र राष्ट्रिय जनमोर्चाका अजयबहादुर गिरी उम्मेदवार बनेका छन्।
नरहरिनाथ गाउँपालिकाका स्थायी बासिन्दा नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’, नेपाली कम्युनिष्ट पार्टीका बागी उम्मेदवार जीवनबहादुर बुढा र जस्मिन बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेमकिपाका उम्मेदवार नन्दबहादुर शाही शुभकालिकाका स्थायी बासिन्दा हुन्।
कालिकोटमा प्रतिनिधी सभाको निर्वाचन रोचक बन्दै गएको छ। झण्डै दुई दशकपछि प्रकाण्डको उपस्थिति नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीमा देखिएको असन्तुष्टिले चुनावी परीणाम आँकलन गर्न सहज नभएको स्थानीयहरुले बताएका छन्।
२०६४ सालमा कालिकोटमा चुनाव लडेका प्रकाण्ड, लगातार चौथो पटक चुनाव लडेका महेन्द्रबहादुर शाही र यस अघि चुनाव लडिसकेका भुपेन्द्रजंग शाही र नगेन्द्र शाहीलाई नयाँ अनुहारले चुनौती दिएका छन्।
तत्कालीन नेकपा माओवादी केन्द्रले आधार क्षेत्र मान्दै आएको कालिकोटमा प्रतिनिधिसभा निर्वाचनपछि परिणाम विगतको भन्दा फरक आउने आँकलन गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment