मुगुमा सात दलका उम्मेदवार, तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा
मुगु। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मुगुमा सात दलले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सात दलले उम्मेदवारी दर्ता गराए पनि मुख्यतया तीन दलको कडा प्रतिस्पर्धा हुने देखिएको छ।
प्रतिस्पर्धा हुने दलमाा नेपाली कांग्रेसबाट खड्गबहादुर शाही, एमालेबाट पूर्णहादुर रोकाया र नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
चारवटा स्थानीय तहमध्ये खत्याड गाउपालिकाबाट कांग्रेसका शाहीसहित रास्वपाका भुवन टमाटा नेकपा माओबादीका रंगबीर परियार उम्मेदवार छन् भने सोरु गाउँपालिकाबाट नेपाली कम्यूनिष्ट पार्टीबाट चन्द बहादुर शाही र राप्रपाका बलबहादुर मल्ल उम्मेदवार छन्।
जिल्लाको एक मात्र छाँयानाथ रारा नगरपालिका प्रगतीशील लोकतान्त्रिक पार्टीका ऐटन मल्ल र मुगुम कार्मारोङ गाउपालिकाबाट एमालेका पूर्णबहादुर रोकाया उम्मेदवार छन्।
एक निर्वाचन क्षेत्र रहेको मुगुमा साना चार दलको उम्मेदवारी भएपनि मुख्यतया कांग्रेस, एमाले र नेपाली कम्यूनिष्ट पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
०७४ सालको प्रदेश निर्वाचनमा पराजित कांग्रेसका शाही अहिले पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। एमाले जिल्ला कमिटीका अध्यक्ष रोकायाको पनि यो प्रथम पटक चुनावी मैदान होमिएका छन्।
रोकाया निर्वमान पूर्वजिल्ला समन्वय समितिका प्रमुख पनि हुन्। त्यसैगरी नेपाली कम्यूनिष्ट पार्टीका शाही भने ०५६ सालको संंसदीय निर्वाचनमा बिजयी भएका हुन्। त्यसै गरी २०७४ सालको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट बिजयी भएका थिए।
पहिले मतदाताको तुलनमा मुगुमा पहिलो कांग्रेस, दोस्रो एमाले, तेस्रो माआबादी र चौथो एकिकृत समाजबादी पार्टी हुन्। तर अहिले माओबादी र एकीकृत समाजबादी पार्टी एकता भएपछि तीन पार्टीबीच प्रतिस्पर्धा देखिएको छ।
निर्वाचन कार्यालयका अनुसार मुगु जिल्लामा ३६ हजार ३१ जना मतदाता रहेका छन्। चारवटा स्थानीय तह रहेको मुगुमा ६७ मतदान स्थल र ७९ मतदान केन्द्र तोकिएका छन्।
मुगुमा महिला उम्मेदवार भने शुन्य देखिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मुगुमा कुनैपनि राजनीतिक दलले महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाएको देखिएन।






डिसी नेपाल





Facebook Comment