हुम्लामा हिमपात, जनजीवन प्रभावित

डिसी नेपाल
१० माघ २०८२ ६:३९
36
Shares

हुम्ला। हुम्लामा हिमपात भएको भएको छ। गत भदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो।

निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन्।

हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ। जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ।

हिमपातले जनजिवन कष्टकर बनेको छ। हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *