एमाले उम्मेदवारलाई जिताउन धिमाल निर्वाचन परिचालन समिति गठन
दमक। आदिवासी धिमाल जातीहरुको भेलाले आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) का सूर्यध्वाजावाहक उम्मेद्धवारहरुलाई विजय गराउन धिमाल निर्वाचन परिचालन समिति गठन गरेको छ।
मोरङको उर्लावारी स्थित मंगलवारेमा रहेको दश विघेको धिमाल जातीय विकास केन्द्रमा भएको भेलाले आज लोकतान्त्रिक धिमाल संघका केन्द्रीय संचिव मणीराज धिमालको संयोजकत्वमा ३१ सदस्यीय एमालेका उम्मेद्धवारलाई जिताउन निर्वाचन परिचालन समिति गठन गरेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका सूर्यध्वाजाबाहक उम्मेद्धवारलाई जिताउन निर्वाचन परिचालन समितिको सहसंयोजक खड्गबहादुर धिमाललाई चयन गरेको छ।
झापा, मोरङ लगायतका पूर्वमा बसोवास गर्ने आदिवासी धिमाल समुदायवाट सदस्यहरुमा गिरीराज धिमाल, गजेन्द्र धिमाल, मिलन धिमाल, शान्ति धिमाल, अम्बर धिमाल, लाल बहादुर धिमाल, रोमान्स धिमाल, सरीराज धिमाल र मिना धिमाल लगायतको सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरेको लोकतान्त्रिक धिमाल संघका केन्द्रीय सचिव मणीराजले जानकारी दिए। चुनाव केन्द्रीत गतिविधिहरु पनि चाडैँ शुरु गरिने लोकतान्त्रिक धिमाल संघले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment