रास्वपाले काठमाडौं उपत्यकामा एक सिट पनि नजित्ने एमाले नेताको दाबी
काठमाडौं । नेकपा एमालेका युवा नेता अब्दुस मियाले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकामा एक सिट पनि नजित्ने दाबी गरेका छन्। उनले रास्वपाको अवस्था भारतमा अरविन्द केजरीवालको आम आदमी पार्टी र प्रशान्त किशोरको जन सुराजजस्तो हुने बताएका छन् ।
रास्वपाको हालत यसपटक दिल्लीमा ‘आम आदमी पार्टी’ र बिहारमा ‘प्रशान्त किशोर’को जस्तो हुन्छ। मेरो आंकलन छ, यसपटक रास्वपाले काठमाण्डौँ उपत्यकामा एक सीट पनि जित्दैन।
हामीलाई देश निर्माणको भिजन बोक्ने नेताहरु चाहिएको छ, युवाहरुलाई प्रहरीसँग मुटभेड गराएर ज्यान लिने र आफ्नै…
— Abdus Miya (@abdusmiya) January 25, 2026
उनले सामाजिक संजाल एक्स लेखेका छन्, ‘रास्वपाको हालत यसपटक दिल्लीमा आम आदमी पार्टी र बिहारमा प्रशान्त किशोरको जस्तो हुन्छ। मेरो आंकलन छ, यसपटक रास्वपाले काठमाडौं उपत्यकामा एक सिट पनि जित्दैन। हामीलाई देश निर्माणको भिजन बोक्ने नेताहरू चाहिएको छ, युवाहरूलाई प्रहरीसँग मुठभेड गराएर ज्यान लिने र आफ्नै सार्वभौमसत्ता सम्पन्न देशमाथि पेट्रोल बम आक्रमण गर्ने गोबरल्वाँठहरू होइन।’







डिसी नेपाल








Facebook Comment